Logo

मुख्य समाचार

प्रचण्डज्यू, उत्तेजनाको राजनीति नगर्नुहोस : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्ने भन्दै उत्तेजनाको राजनीति नगर्न सुझाव दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्तेजनाको राजनीति सहज हुने र चेतनाको राजनीति एकदमै गार्हो हुने भन्दै प्रचण्डलाई उत्तेजनताको राजनीति नगर्न सुझाएका हुन् ।

उनले भने, ‘ पूर्वप्रधानमन्त्रीले हिजो बोल्दैगर्दा नेपाल बंगलादेश होला, श्रीलंका होलासम्म भन्न भ्याउनुभयो । धर्मपाठमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होइन होला । प्रतिपक्षमा बस्दै गर्दा सरकारको मात्रै अपोजिसन हो । सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ । गरिरहेको छ, नभए हामी छौं । विपक्षी दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नुपर्छ । एकछिनको लाभ र अन्तरविरोधमा खेल्नको लागि यतिधेरै पनि बरालिनुहुन्न कि । आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्छ ,आफैंलाई जलाउन सक्छ । बाल्न सजिलो छ, निभाउन गाह्रो छ । उत्तेजनको राजनीति बढो सहज हुन्छ । चेतनाको राजनीति एकदमै गार्हो हुन्छ ।’

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ३ : २१ बजे