Logo

मुख्य समाचार

कतै सेटिङमा जहाज ग्राउन्डेड गराइएको त होइन ?’



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएको भन्दै सरकारलाई  ध्यानाकर्षण गराएका हुन् ।

उनले  भने, ‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी व्यहोरेको छ । कतै यो  चाडपर्व आइरहेको समयमा, कतै अन्र्तराष्ट्रिय अन्य कम्पनीहरुले सञ्चालितहरूलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्याएको त होइन ?’

साथै जाँचका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर प्रश्न गरे । उनले राजनीतिक प्रलोभनका कारण दैनिक पाँच करोड घाटा भएको भन्दै चिन्ता व्यक्त गरका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  २ : २४ बजे