Logo

मुख्य समाचार

मोटरसाइकललाई बचाउन खोज्दा कोहलपुरमा बस दुर्घटना : दुईजनाको मृत्यु, २६ घाइते



काठमाडौं । बाँकेमा बस दुर्घटना भएको छ । दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले बताए ।

बस अनियन्त्रित भएको बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । उक्त दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  २ : २० बजे