Logo

मुख्य समाचार

पौडी प्रशिक्षक प्रशिक्षण तालिम शूरु



काठमाडौं । नेपाल पौडी संघको आयोजनामा सातदोबाटो ललितपुरस्थित पौडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम शूरु भएको छ ।

तालिमको एक कार्यक्रम बीच नेपाल पौडी संघका अध्यक्ष जगत मान श्रेष्ठले उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै श्रेष्ठले भने आगामी बर्ष देखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने बताए ।

भाद्र १५ गतेसम्म चार दिन चल्ने तालिममा २५ जना प्रशिक्षार्थी सहभागी रहेको संघले जनाएको छ ।

पौडी प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजता लाई मध्यनजर गर्दै यो वर्ष संघले पाँच प्रदेश सहित केन्द्रमा तालिम संचालन गर्न लागेको हो ।

कोशी, कर्णाली,  सुदुरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा आगामी भाद्र अन्तिमदेखि तालिम संचालन गर्न राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिईसकेको संघका प्रवक्ता उमेश प्रधानले बताए । 

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १० : ४८ बजे