Logo

मुख्य समाचार

हेटौंडाको होटलमा महिलाको शव फेला



हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित रत्न एण्ड लज होटलमा एक महिलाको शव फेला परेको छ ।

मृतक महिलाको उमेर २५ देखि ३० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।

स्थानीयवासीले बताए अनुसार सोमबार बिहान करिब ८ बजे घटनाबारे जानकारी पाइएको थियो । आइतबार बेलुकी ५ बजेतिर एक पुरुष र महिला उक्त होटलमा प्रवेश गरेको देखिएको थियो ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोली घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ४ : ०८ बजे