Logo

मुख्य समाचार

नेपाल एयरलाइन्सको अवस्था कमजोर छ : मन्त्री पाण्डे



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको बताएका छन् ।

सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण समारोहमा उनले नेपालको हवाइ सेवा राम्रो छ भन्ने विश्वास दिलाउने हो भने मात्र पर्यटकहरु आउने भन्दै उड्डयानको क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिनका लागि चुनौती देखिएको बताए ।

उनले भने, ‘नेपाल एरलाइन्स खस्किएको छ सबै हिसाबले । अत्यन्तै कमजोर भएको छ । नागरिक उड्डयन क्षेत्रलाई विश्वासिलो बनाउन सकेका छैनौं । जसले गर्दा कोही पनि विदेशी पर्यटक आउँदैगर्दा नेपालको उड्डयान क्षेत्रलाई हेरेर मूल्याकंन गर्ला । यस क्षेत्रमा विश्वास दिलाउने हो भने मात्र पर्यटकहरु आउँछन् । उड्डयन क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन समस्या देखिएको छ ।’

यस्तै, उनले नेपाल विविध संस्कृतीको देश भएको भन्दै यस्ता सम्पदाहरुको उजागर, संरक्षणसाथै मार्केटिङ् पनि गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीसँग विविध संस्कृती छ । यस्तो संस्कृति सबै देशलाई प्राप्त छैन् । सम्पदाहरुको उजागर गर्ने, संरक्षण गर्ने र संवद्र्धन गर्न र विविधता पूर्ण संस्कृतीको संरक्षणसँगै यसको मार्केटिङ् पनि गर्नुपर्छ ।’

आगामी दिनमा कुनै स्वार्थविना पर्यटकीय क्षेत्रको उत्थानको लागि काम गर्ने विश्वास दिलाउँदैँ नेपालमा रहेको सम्भावनालाई पहिचान गर्ने दिशामा लाग्नुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ४ : ०५ बजे