Logo

मुख्य समाचार

नेकपा एसले पदाधिकारीलाई पूर्णता दिने, कार्ययोजना बनाउने



काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ ।

आइतवारदेखि सुरु भएको बैठक भोलिसम्म चल्ने महासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

उनले बैठकले पदाधिकारी, स्थायी कमिटिका सदस्यहरु र पोलिटब्यूरो सदस्यहरु चयन गर्दै केही कार्ययोजना पनि बनाउने बताए ।

उनले भने, ‘बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरु चयन गर्ने काम हुने । केही कार्ययोजना पनि बनाउँछौ । सोही कार्ययोजना अनुसार अगाडि बढ्ने छौं । पद व्यवस्थापनका विषयहरुमा निर्णय गर्छौ र प्रत्येक केन्द्रीय सदस्यले आगामी दिनमा के कस्ता जिम्मेवारी पाउने छन् भन्ने कुराको पनि निर्णय गर्ने छौ ।’

पार्टीको सदस्यता बढाउने कुरा पहिलो प्राथमिकतामा पर्ने पनि उनको भनाई छ । 

बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिनेछ । 

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ३ : ११ बजे