Logo

मुख्य समाचार

आजबाट ५७ जिल्लामा १२ वर्षदेखि १७ उमेर समूहलाई मोर्डनाको खोप लगाइँदै



काठमाडौं । सरकारले आजदेखि १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

सातै प्रदेशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो ।

आज देखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा खोप कार्यक्रम सञ्चालन हुने भएको हो ।

१२ वर्ष माथिका दीर्घ रोगहीरुलाई पनि खोप दिइने छ । फाइजर खोप दिइएका जिल्लाहरुमा भने पुस १३ देखि २२ गतेसम्म खोप अभियान चलाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फाइजर खोप लगाइने जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा, सुर्खेत र कैलाली रहेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : १५ बजे