Logo

मुख्य समाचार

कांग्रेस र एमाले घमण्डी र दलालवादी पार्टी : नेता खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका दुई ठुला पार्टी भ्रष्ट भएको आरोप लगाएका छन् ।

आइतबार एकीकृत समाजवादी केन्द्रीय कमिटीको प्रथम पूणर् बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमाले सबैभन्दा घमण्डी र दलालवादी पार्टी भएको आरोप लगाएका हुन् ।

उनले भने, ‘अहिले दुई पार्टीको सरकार बनेको छ, । यस्तो विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ । दुइवटै घमण्डी र भ्रष्ट पार्टी हुन् । अवसरवादी पार्टीहरु हुन् । एउटा त प्रतिक्रयावादी दलाल पूँजीवादकै प्रतिनिधि भैइहाल्यो, अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । दलाल पँुजीवाद र दक्षिणपन्थी अवसरवादीको घेराबन्दीमा गठबन्धन सरकार बनेर के निश्चित गर्छ भने दुई पार्टी सिस्टममा बस्न सक्दैनन् ।’

उनले एउटै पार्टीले बहुमत लिएर आए पनि मल्टिपाटी सिस्टममा नटिक्ने जिकिर गरे ।

उनले भने, ‘कमसेकम नेपालमा असम्भव छ, मल्टिपाटी सिस्टम । केही हुनेवाला पनि छैन । देशमा मल्टिपाटी सिस्टम स्थापना भएपनि पूँजीवादी मल्टिपाटी सिस्टम हो । पूँजीवादमा मल्टिपाटी सिस्टम अन्त्यसम्म रहन्छ ।’

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : ४२ बजे