Logo

मुख्य समाचार

एक महिनाभित्र उपभोक्ता अदालत गठन गरिने



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् ।

आइतबार वर्तमान अवस्थामा आपुर्ती व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृतिम अभावलगायतका मूल्य समायोजनाका वस्तुहरूमा प्रभाव परेकाले उपभोक्ता अदालत गठन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिलेको उत्पादन कति छ ? स्टक कति ? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ । मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ । ड्यूटी घटाउन परेपनि घटाउँछौं, तर सरकारले आव्हान गरेका कार्यक्रममा चिनी उत्पादन संघलाई सरकार नै चाहिन्छ । त्यसैले आपूर्ति श्रृंखलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार छ । अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत गठन हुनेछ ।’

साथै उनले उपभोक्ता श्रृखलाको चुनौति राज्यको नियन्त्रणमा नरहेको उल्लेख गरे । उनले उत्पादनमुलक वस्तुहरु मुलुकमा उत्पादन गर्न नसकेको र खुला सिमाका कारण उपभोक्ता श्रृखलाको चुनौति बढेको जिकिर गरे ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ११ : ५२ बजे