Logo

मुख्य समाचार

काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी, ११०० मत गन्दा शशांक एक नम्बरमा



काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । केन्द्रीय सदस्यमा  ११०० मत गन्दा डा. शशांक कोइरालाले  ४८४ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीन वटै प्यानलमा थिए ।

एनपी साउद ३७३ सहित दोस्रो स्थानमा रहेका छन्, भने तेस्रो स्थानमा मत प्राप्त गरेका अर्जुननसिंह केसीले ३५६ रहेको छ । 

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः ३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुला तर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ०१ बजे