Logo

खेलकुद

‘ए’ डिभिजन लिग: जावलाखेलको पहिलो जित (भिडियाे)



काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिज लिग फुटबलमा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा जावलाखेलले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो।

खेलको ३७औँ मिनेटमा निकोलस फर्नान्डोजले गरेको गोल नै जावलाखेलका लागि निर्णयक बन्यो। जितसँगै ५ खेलबाट ४ जोडेको जावलाखेल १०औँ स्थानमा पुगेको छ।

जावलाखेलसँगको हारले च्यासल भने ११औँ स्थानमा झरेको छ। 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १ : १६ बजे