Logo

मुख्य समाचार

एमालेले तोक्यो खोटाङका लागि इन्चार्ज र सह–इन्चार्ज



काठमाडौं । नेकपा एमालेले खोटाङ जिल्लाका लागि इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।

एमालेले विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्ज तोकेको हो । 

खोटाङकै एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईलाई राष्ट्रिय जनसाँस्कृतिक महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : १२ बजे