Logo

मुख्य समाचार

माओवादी केन्द्रको परामर्श बैठक जारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । बैठक आज सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १ : ४८ बजे