Logo

विश्व

बेलायतमा एकैदिन ९३ हजार ४५ जनालाई ओमिक्रोन संक्रमण



काठमाडौं । बेलायतमा एकैदिन ९३ हजार बढिलाई कोरोनाको ओमिक्रोन संक्रमण पुष्टि भएको छ । पछिल्लो दिन बेलायतमा अहिलेसम्म कै उच्च दरमा संक्रमण देखिएको हो ।

एकैदिन ९३ हजार ४५ जनामा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या कोरोनाको प्रकोप सुरु भएयताकै उच्च भएको बताइएको छ ।

६ करोड ७० लाख जनसंख्या रहेको बेलायतमा १ करोड १० लाख मानिस संक्रमित भइसकेका छन् । अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : ३७ बजे