Logo

मुख्य समाचार

‘मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ’: भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको भन्ने थाहा नभएको बताएका छन् ।

रावलले सामाजिक सञ्जालमा लेख्दै आफूलाई सल्लाहकार परिषद्को सदस्य बनाइएको भए त्यो आपत्तिजनक भएको पनि बताएका छन् ।

आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन् ।

‘मलाई नेकपा एमालेको केन्द्रिय सल्लाहकार  परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ’, उनले लेखेका छन्।

एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित रावलले यसअघि कुनै कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४७ बजे