काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहीबार र शुक्रबार लगातार बढेको अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमय दर शनिबार भने घटेको छ ।
शनिबार बेलायती पाउण्ड स्थिर रहँदा अमेरिकी डलर, यूरो र कतारी रियालको विदेशी विनिमय दर घटेको हो । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ ८३ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया