Logo

मुख्य समाचार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ



काठमाडौं । श्रीमतीको हत्या आरोपमा स्याङजा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने स्याङजा भीरकोट नगरपालिका-६ फोक्सीङ बस्ने ५४ वर्षीय डबल बहादुर थापा रहेका छन् ।

४५ वर्षीया श्रीमती मायादेवी थापालाई डबलले कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी मायादेवीलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रहरीले उनलाई कुटपिटबाट अचेत भएको अवस्थामा उद्वार गरि अस्पताल पुर्याएको थियो ।

पक्राउ परेका थापालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी आज स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ४२ बजे