Logo

मुख्य समाचार

देउवा झन् शक्तिशाली



काठमाडौं: नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष पदाधिकारीमा बहुमत बनाउन सफल भएको छ । सभापतिसहित १३ पदाधिकारीमध्ये देउवा समूहको ८ जना निर्वाचित भएका छन् । डा। शेखर कोइराला समूहको ४ र प्रकाशमान सिंह समूहको १ जना निर्वाचित भएका छन् ।

सभापति देउवासहित उनको समूहबाट उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरु किशोरसिंह राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव, फर्मूल्लाहा मन्सुर, भीष्मराज आङदम्बे र डीना उपाध्याय निर्वाचित भएका छन् । देउवा समूहले ८ मध्ये ६ सहमहामन्त्री जितेको छ ।

डा. शेखर कोइराला समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीहरुमा जीवन परियार, बद्री पाण्डे निर्वाचित भए । प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भए ।

देउवाले पदाधिकारीमा नै स्पष्ट बहुमत बनाउन सकेका छन् । यसबाट उनी काँग्रेसभित्र झन् बलियो भएको देखिएको छ ।

आफूविरुद्ध सभापतिमा प्रतिष्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिको समेत देउवाले साथ लिन सके । कोइराला परिवार विभाजित देखियो । यसले देउवा रणनीतिक रुपमा सफल भएका छन् ।

देउवा पक्ष ८

सभापति, शेरबहादुर देउवा

उपसभापति, पूर्णबहादुर खड्का

सहमहामन्त्री, किशोरसिंह राठौर

सहमहामन्त्री, उमाकान्त चौधरी

सहमहामन्त्री, महेन्द्र यादव

सहमहामन्त्री, फर्मूल्लाहा मन्सुर

सहमहामन्त्री, भीष्मराज आङदम्बे

सहमहामन्त्री, डीना उपाध्याय

कोइराला पक्ष-४

उपसभापति, धनराज गुरुङ

महामन्त्री, गगन थापा

सहमहामन्त्री, बद्री पाण्डे

सहमहामन्त्री, जीवन परियार

सिंह पक्ष- १

महामन्त्री, विश्वप्रकाश शर्मा

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : ४१ बजे