Logo

समाचार

खस-आर्य तर्फको सहमहामन्त्रीमा देउवा समूहका राठौर निर्वाचित



काठमाण्डाैं: नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट किशोरसिंह राठौर सहमहामन्त्री निर्वाचित भएका छन्। 

शुक्रबार सकिएको मतगणनामा खसरआर्यतर्फको सहमहामन्त्रीमा राठौरले देवराज चालिसेलाई पराजित गरेका हुन्। 

सभापति शेरबहादुर देउवा समूहका राठौरले २५७६ मत पाउँदा शेखर कोइराला समूहका चालिसेले २०५९ मत पाए। 

अब थारू, मधेसी र पिछडिएको क्षेत्रतर्फको मतपरिणाम आउन बाँकी छ। 

यसअघि मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। सभापति देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन्।

मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाएका थिए।  

कांग्रेसका आठ सहमहामन्त्रीमध्ये बिहीबार ३ क्लस्टरका सहमहामन्त्रीको टुंगो लागेको थियो। दलिततर्फ जीवन परियार, महिलातर्फ  महालक्ष्मी उपाध्याय र आदिवासीरजनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४८ बजे