Logo

समाचार

सहमहामन्त्रीको थारुतर्फमा उमाकान्तकाे अग्रता, तेजुलाल पछिपछि



काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ ।

हालसम्म थारु क्लस्टरमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । ३०३५ मत गणना हुदाँ चौधरीेले १६७७ मत प्राप्त गरेका छन् । उनी कृष्ण सिटौला पक्षका हुन् ।

उनका प्रतिद्धन्द्धी तेजुलाल चौधरीले १३३५ मत प्राप्त गरेका छन् । उनी डा।शेखर कोइरालातर्फका उम्मेदवार हुन् । समितिको अनुसार आज मुस्लिम, मधेसी र खस आर्यतर्फ, थारु र पिछडिएको क्षेत्रको तर्फबाट मतगणना भइरहेको हो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५० बजे