Logo

समाचार

सहमहामन्त्री मुस्लिमतर्फ मन्सुर अगाडि लागेको लाग्यै, अन्य क्लस्टरमा को अगाडि ?



काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको पाँच क्लस्टरको मतगणना जारी रहेको छ ।

मुस्लिमतर्फ १९०० मतगणना गर्दा फरमुल्लाह मन्सुर १०२९ मत प्राप्त गर्दै अगाडि नै लागिरहेका छन् । उनले सुरुवातमै अग्रता लिएका थिए । अर्का उमेदवार शेख वकिलले ८२९ मत ल्याएका छन् ।

यता, मधेशीतर्फ महेन्द्र यादवले अग्रता लिएका छन् । दुई हजार २५ मतगणना गर्दा यादवले १००६ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार रामकृष्ण यादवले ७३६ मत ल्याएका छन् ।

त्यस्तै, थारु कोटामा सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । तीन हजार ३५ मतगणना गर्दा चौधरीले १६७७ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार तेजुलाल चौधरीले १३३५ मत ल्याएका छन् ।

खस-आर्यतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका किशोरसिंह राठौरले अग्रता लिएका  छन्। १९९५ मतगणना हुँदा राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई २५४ पछि पारेका छन् । राठौरले ११०३ मत पाएका छन् भने चालिसेले ८४९ मत ल्याएका छन्।

यसैगरी पिछडिएका क्षेत्रतर्फ बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका छन् । पाण्डेले १०६ मत ल्याउँदा  शेरबहादुर देउवा समूहका शाहीले १०० मत पाएका छन् । पाण्डेले  ६ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले  ६ मत पाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५० बजे