Logo

कोशी

काेशी प्रदेशसभा बैठक भदौ १८ मा



विराटनगर । कोसी प्रदेशसभाको चालु पाँचौँ अधिवेशनको चौधौँ बैठक भदौ १८ मा बस्ने भएको छ । कोसी प्रदेशसभा सचिवालयका अनुसार बैठक भदौ १८ गते मंगलबार दिउँसो १ बजे बस्नेछ । 

कांग्रेस–एमालेको सरकार बन्ने तय भएसँगै प्रदेशसभा बैठक अनिश्चित बनेको थियो । कोसीमा सरकारमा सामेल हुन कांग्रेसले अझै मन्त्री पठाएको छैन । सरकार विस्तारमा ढिलाइ हुँदा प्रदेशसभा बैठक पनि बस्न सकेको थिएन ।

एमाले र कांग्रेसको हानथापका कारण बजेट पारित भएपछि बैठक अनिश्चित भएको थियो । मुख्यमन्त्री हिक्मत कार्कीले केही दिनअघि पत्रकार सम्मेलन गरी सरकारले सभालाई बिजनेस दिने बताएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ४ : ४४ बजे