Logo

मुख्य समाचार

राष्ट्रिय बीमा कम्पनीद्धारा ठुलो संख्यामा कर्मचारीको माग



काठमाडौं : राष्ट्रिय बीमा कम्पनीले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदको लागि २४ जना कर्मचारी माग गरेको हो ।

शुक्रबार एक सुचना प्रकाशित गर्दै कम्पनीले राष्ट्रिय बीमा कम्पनी र उक्त कम्पनीअन्तर्गत निकायमा रहेका पदहरुमा कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ अनुसार पदपुर्ति गर्न लागेको जनाएको छ ।

कम्पनीले व्यवस्थापक, सह व्यवस्थापक खुल्ला र मधेसी, नायब व्यवस्थापक मधेसी, कानुन अधिकृत, सुचना प्रविधि अधिकृत महिला, सहायक व्यवस्थापक (खुल्ला, आदिवासी, मधेसी),सुचना प्रविधि अधिकृत (खुल्ला, महिला) लगायतका विभिन्न पदका कोटाको लागि कम्पनीले कर्मचारीको माग गरेको हो । आवेदकले माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ५३ बजे