Logo

मुख्य समाचार

‘बादल’ एमालेकै पुराना नेता भन्दा वरियतामा अगाडि !



काठमाडौं । नेकपा एमालेले पदाधिकारीहरुसहित केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको छ । एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको हो।

एमालेले कार्यविभाजनसँगै  नेताहरुको वरियतासमेत तय गरेको छ। वरियतामा माओवादी केन्द्रबाट एमालेमा गएका रामबहादुर थापा बादललाई एमालेकै  पुराना नेता भन्दा वरियतामा अगाडि राखिएको छ ।

अध्यक्ष केपी शर्मा ओली वरियतामा शीर्ष स्थानमा रहेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो स्थानमा छन्। तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन तथा चौथोमा रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजनको जिम्मा पाएकी छन्।

वरियताको पाँचौं स्थानमा रहेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन्। एमालेमै रहेका पुराना नेताहरुभन्दा बादलको स्थान वरियतामा अगाडि रहेको छ।

बादलपछि विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्ब गुरुङ र अन्तिम वरियतामा विष्णु रिमाल रहेका छन् । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५१ बजे