Logo

मुख्य समाचार

एकाबिहानै बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच के छलफल भयो ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

शुक्रबार बिहानै प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । प्रचण्डले कांग्रेस सभापतिमा निर्वाचित भएका देउवालाई भेटेर बधाई दिएको बताइएको छ । देउवा दोस्रो पटक सभापति निर्वाचित भएपछि प्रचण्ड र देउवाबीच भेट भएको थिएन ।

यस्तै, प्रधानमन्त्री देउवा र प्रचण्डबीच राजदूतहरुको नियुक्ति र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ४८ बजे