Logo

खेलकुद

साफ यू–१९ महिला फुटबलः आज नेपाल र भुटान भिड्दै



काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।

नेपाल दोस्रो जितको खोजीमा हुनेछ भने भूटान पनि दोस्रो जितको खोजीमा रहनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि दुवै टोलीलाई जितको आवश्यक छ ।

पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको आयोजक बंगलादेश र तेस्रो स्थानको नेपालको समान चार-चार अंक रहेको छ ।

भुटान ३ अंक जोडेदै चौथो स्थानमा रहेको छ भने लगातार तीन खेलमा हार व्यहोरेको श्रीलंका भने उपाधि होडबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : ०१ बजे