Logo

मुख्य समाचार

भू-उपयोग सम्बन्धि नीति लागू नभएसम्म काठमाडौंको विकास हुँदैन् : इश्वर पोखरेल


३२ श्रावण २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भू-उपयोग सम्बन्धी नीति प्रभावकारी ढंगले लागू गर्न नसकेसम्म काठमाडौंको विकास हुन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘काठमाडौं शहरीकरण वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक कार्यक्रममा उनले बस्ती बसाउने, खेती गर्ने र बजार बसाउने कहाँ भन्ने कुरामा नै अन्यौंल हुँदा जथाभावी र मनलाग्दी तरिकाले बजारीकरण गर्ने प्रवृत्तिको विकास भएको भन्दै यसलाई नियन्त्रण गर्न पनि भू-उपयोग सम्बन्धि नीति लागू गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘यहाँ नभएको एउटा भू उपयोगको नीति हो । भूउपयोग नीति यथोचित ढंगले लागु गर्न नसकेसम्म काठमाडौंको विकास हुन सक्दैन् । नीति प्रभावकारी ढंगले लागु गर्न सक्नुपर्छ । बस्ती बसाउने कहाँ, खेती गर्ने कहाँ, बजार बसाउने कहाँ ? भन्ने कुरा संसारको बिभिन्न मूलुकहरुबाट सिकौं । जहाँ जसलाई जे मन लाग्यो त्यही गर्ने प्रवृत्ति छ । यसलाई नियन्त्रण गर्नुपर्नेछ ।’

उनले मेलम्चीको खानेपानी योजनामा इन्जिनियरिङ नै खराब भएका कारण जनताको भाग्य र भविष्यसँग खेलवाड भएको औंल्याए । अव्यवस्थित वस्तीको कारणले काठमाडौंको विकास हुन नसकेको धारणा समेत राखे ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ५ : १६ बजे