Logo

मुख्य समाचार

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता


३२ श्रावण २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर बर्माबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अमेरिकी दूतावासका अनुसार, शुक्रबार बिहान बर्मा नेपाल आइपुगेका थिए । उनलाई अमेरिकी राजदूत डिन थम्पनले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयनका साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेट्ने जनाइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : ४८ बजे