Logo

समाचार

रक्षामन्त्री मीनेन्द्र रिजालले बुझाए राजीनामा



काठमाडौँ : रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । सिंहदरबारमा रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट दिएको राजीनापत्र बुझाएका हुन् ।

कांग्रेस महामन्त्रीमा पराजय व्यहोरेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए ।

महामन्त्रीको निर्वाचनमा रिजालले ८०९ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ३९ बजे