काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएकाे छ ।
हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ र बांकी भू-भागहरुमा आंशिकदेखि साधारणतया बदली रहेको विभागले जनाएकाे छ
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ ।
आज राति देशभर साधारणतया बदली रहने छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया