Logo

मुख्य समाचार

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

जारी १४औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । थापाले ३ हजार २३ मत ल्याएका छन् भने शर्माले १८ सय ८४ मत प्राप्त गरेका हुन् । जितको औपचारिक घोषणा कांग्रेस निर्वाचन समितिले केहि बेरमा गर्ने तयारी गरेको छ ।

थापा शेखर कोइराला प्यानलबाट उमेदवार बनेका थिए भने शर्माले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएका थिए ।

महामन्त्रीका अन्य प्रतिस्पर्धीमा डा. प्रकाशशरण महतले १५ सय ५० मत प्राप्त गरेका छन् । यस्तै, प्रदीप पौडेलले १४ सय ९, डा. मीनेन्द्र रिजालले ८ सय ९ र डा. राजाराम कार्कीले १ सय ९ मत प्राप्त गरेका हुन् । 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ४७ बजे