Logo

मुख्य समाचार

महामन्त्री मतगणना: प्रदीप भन्दा अगाडि लागे प्रकाशशरण, गगन र विश्वप्रकाश पहिलो र दोस्रोमा



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा अहिले महामन्त्रीको मतगणना भइरहेको छ ।

पछिल्लो प्राप्त मत परिणामअनुसार पहिलो नम्बरमा गगन थापाले अग्रता लिइरहेका छन् भने दोस्रो नम्बरमा विश्वप्रकाश शर्मा रहेका छन् ।

केहि समयअघिसम्म तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने अहिले चौथो नम्बरमा पुगेका छन् । उनलाई प्रकाशशरण महतले उछिनेका छन् ।

१४९५ मतगणना हुँदा गगन थापाले ९५५, विश्वप्रकाश शर्माले ६६०, डा.प्रकाशरण महतले ४९१, प्रदीप पौडेलले ४४९, डा. मीनेन्द्र रिजालले २७५ र डा. राजाराम कार्कीले ४६ मत प्राप्त गरेका छन्

। महामन्त्रीमा दुईजना निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ९ : ४१ बजे