Logo

विश्व

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनको राजधानीमा हवाई आक्रमण



काठमाडौं । साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा हुथी मिलिसियाका विरुद्धमा बुधबार हवाई आक्रमण गरेको छ । 

बुधबार विद्रोहीका विरुद्धमा उनीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।

हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ । तर यसको विस्तृत विवरण भने दिइएको छैन् ।

हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको  बताइएको छ । मंगलबार राति भएको सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ५० बजे