Logo

मुख्य समाचार

महामन्त्री मतगणना: गगनलाई ३८९ मत, विश्वप्रकाशलाई २२९ तेस्रोमा प्रदीप



काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ ।

मतगणनाको प्रारम्भीक नतिजामा गगन थापाले अग्रता लिएका छन् । गगन भन्दा पछाडि विश्वप्रकाश रहेका छन् । ६०० मतगणना हुँदा गगन थापाले ३८९, विश्वप्रकाश शर्माले २२९, प्रदीप पौडेलले २०६ प्राप्त गरेका छन् ।

यस्तै, डा. प्रकाशरण महतले १९३, डा. मीनेन्द्र रिजालले  १०८ र डा. राजाराम कार्कीले १८ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ३४ बजे