Logo

मुख्य समाचार

महामन्त्री मतगणना: गगनलाई ३२५ विश्वप्रकाशलाई १८५, अरु पछ्याउँदै



काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ ।

मतगणनाको प्रारम्भीक नतिजामा गगन थापाले अग्रता लिएका छन् । गगन भन्दा पछाडि विश्वप्रकाश रहेका छन् ।

५०० मतगणना हुँदा गगन थापाले ३२५, विश्वप्रकाश शर्माले १८५, प्रदीप पौडेलले १७७ प्राप्त गरेका छन् ।

यस्तै, डा, प्रकाशरण महतले १६३, डा. मीनेन्द्र रिजालले ८६ र डा. राजाराम कार्कीले १२ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : २६ बजे