Logo

समाचार

कांग्रेस महामन्त्रीको मतगणना: गगन र विश्वप्रकाश अगाडि



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत आज जारी महामन्त्री पदको मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता कायम गरिरहेका छन् ।

१०० मत गन्दा गगनले ७० मत पाएका छन्। अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन्। उनले ३४ मत पाएका छन्।

थापा शेखर कोइराला प्यानलबाट उठेका हुन् भने शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेका हुन् । क्रमश: प्रकाशशरण महतले ३१, प्रदीप पौडेल २७ र मीनेन्द्र रिजालले २१ मत पाएका छन्।

महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उठेका हुन् भने मीनेन्द्र कोइराला प्यानलबाट उठेका हुन्। 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ६ : ५६ बजे