Logo

अर्थ

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ४९ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ७ : १८ बजे