Logo

अर्थ

बिहीबार ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । बिहीबार नेपाली बजारका सुनको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सयले बढेको हो । बुधबार छापावाल सुन ९२ हजार ३०० मा कारोबार भएकोमा बिहीबार बढेर प्रतितोला ९३ हजारमा कारोबार भइरहेको हो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी पनि तोलामा २५ रुपैँयाले बढेको छ । बुधबार चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भएकोमा आज १२३५ मा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ६ : ३० बजे