Logo

मुख्य समाचार

कांग्रेस महामन्त्रीको मतगणना सुरु, चार घण्टाभित्र नतिजा आउने



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि भएको मतदानको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा केही बेरअघि मतगणना सुरु भएको हो ।

कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना मैदानमा रहेका छन् । जसमा सभापति शेरबहादुर देउवाका प्यालनबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् ।

त्यसैगरी डा. शेखर कोइरालाको प्यानलबाट गगन थापा र डा. मीनेन्द्र रिजाल रहेका छन् । त्यस्तै प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यालनबाट राजाराम कार्की उम्मेदवार छन् ।

चार घण्टाभित्र नतिजा आउने बताइएको छ । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ४१ बजे