Logo

मुख्य समाचार

‘यो महाधिवेशनमा मैले आफूलाई विजयी ठानेकी छु’: सुजाता कोइराला



काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफू विजयी भएको ठानेको बताएकी छिन् ।

कोइरालाले उपसभापतिमा पराजित भएपछि आज फेसबुकमा स्टाटस लेख्दै आफूले चुनावमा हारे पनि जतेको महशुस गरेको उल्लेख गरेकी छिन् ।

महाधिवेशनमा आफ्नो उपसभापतिको दाबेदारीले आगामी दिनमा महिलाहरू कांग्रेसको नेतृत्वमा आउने मार्ग कोरेको उनको भनाई रहेको छ । 

‘मैंले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैंले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ । देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरु विशेषगरी महिलाहरुको मुहारमा आशा र उत्साह देखेको छु । यसले मलाई अझै हौसला थपेको छ’, उनले लेखेकी छिन् । 

उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट आफू सधै प्रेरित रहेको भन्दै पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ५ : १४ बजे