Logo

मुख्य समाचार

२ मतले पराजित विजय गच्छदार



काठमाडौं । कांग्रेस उपसभापतिमा विजय गच्छदार २ मतले पराजित भएका छन् । उनले १९०६ मत ल्याएर उपसभापतिमा पराजित भएका हुन् ।

दुई उपसभापति पदका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। सात जनाको प्रतिस्पर्धाबाट पूर्णबहादुर खड्काले २१२१ मत र धनराज गुरूङ १९०८मत ल्याएर विजयी भएका छन्। 

देउवा प्यानलबाट पूर्णबहादुर खड्का र विजय गच्छदार, सेखर कोइराला प्यानलबाट धनराज गुरूङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, स्वतन्त्र तर्फबाट महेश आचार्य र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उठेका थिए । भण्डारीले १५८०, कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याए।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ५ : ०३ बजे