Logo

मुख्य समाचार

काँग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना सुरु



नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो ।

यसपटक सभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डरी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १ : ४६ बजे