Logo

विशेष

क्यानडाकी रक्षामन्त्रीले मागिन् माफी



एजेन्सी: क्यानडाको सेनामा भएको यौन दुर्व्यवहार र पीडितप्रति सरकारले क्षमा मागेको छ ।  रक्षामन्त्री अनिता आनन्द, सहायक रक्षामन्त्री जोडी थोमस र जनरल वायन आयरले संयुक्त रुपमा माफी मागेका हुन् ।

‘दन्डहीनता र प्रणालीगत त्रुटीका कारण अनगिन्ती जीवनमा हानी पुगेको छ,’ रक्षामन्त्री आनन्दले भनिन्, ‘यो रक्षा मन्त्रालय, क्यानडाको सेना र सरकारको असफलता हो । त्यसका लागि सरकारका तर्फबाट माफी माग्न चाहन्छु,’ उनले भनिन् । 

यौन दुर्व्यवहारको घटनालाई लिएर एक वर्षयता सेनाका वरिष्ठ अधिकारीहरु पदमुक्त भएका छन् । अहिलेसम्म पूर्व तथा बहालवाला गरि ११ जना सैन्य अधिकारी बर्खास्तीमा परेका छन् । उनीहरुमाथि सरकारले अनुसन्धान गरिरहेको छ ।  

पूर्व तथा वर्तमान गरी नोभेम्बरसम्म १९ हजार जनाले आफूहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै गुनासो गर्दै आएका छन् । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १२ : ३३ बजे