Logo

मुख्य समाचार

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट



काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले यसअघि शीतलनिवासमा भेटवार्ता गरिसकेका छन्। मिस्रीले अर्थ, सहरी विकास र परराष्ट्रमन्त्रीसँग पनि भेट गर्ने तालिका रहेको छ  ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ५ : ०६ बजे