Logo

मुख्य समाचार

सुनसरीमा भतिजीको हत्या आरोपमा युवक पक्राउ



काठमाडौं । सुनसरीमा बालिकाको हत्या आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५, पचरुखीका ३० वर्षीय शालिग्राम लुइँटेल छन् ।

आफ्नो दाइ नवराज लुइँटेलकी १८ महिनाकी छोरी आइन्सुको हत्या गरेको उनीमाथि आरोप छ । शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

शालिग्रामले आइन्सुको हत्या गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १ : ३९ बजे