Logo

मुख्य समाचार

कांग्रेसको महाधिवेशन : अन्य पदाधिकारीको मतगणना शुरु हुँदै



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना (आज)बुधबारबाट सुरु हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैबाट प्रारम्भ हुने जनाएको छ । 

निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्बाट मत गणना सुरु गरिने सञ्चारकर्मीलाई जानकारी दिए । उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने घिमिरेले बताए ।

नेपाली कांग्रेसको सभापति पदमा भने शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।

गत २४ गतेबाट सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाा कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १ : ४७ बजे