Logo

मुख्य समाचार

‘दोस्रो निर्वाचनमा जे परिणाम आएपनि स्वीकार्छु’: शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा जारी महाधिवेशनका सभापति उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणमा जस्तो नतिजा आएपनि स्वीकार गर्ने बताएका छन् ।

कोइरालाले आकस्मिक पत्रकार सम्मेलन गर्दै आज हुने दोस्रो चरणको निर्वाचनमा जे नतिजा आएपनि स्वीकार गर्ने बताएका हुन् । कोइरालाले दोस्रो निर्वाचनमा आफू विजयी हुने विश्वाससमेत व्यक्त गरे ।

कोइरालाले देश, नेपाली जनता र लोकतन्त्रकको भविष्य सुनिश्चित गर्नका लागि आफ्नो सम्पुर्ण जिवन समर्पण गर्ने पनि बताए ।

उनले पहिलो चरणमा आफूलाई मतदान गर्ने सम्पुर्ण मतदाताहरुलाई धन्यवाद दिँदै आफू सधैँ स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने बताए । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३१ बजे