Logo

मुख्य समाचार

चारजना चिनियाँ नागरिक बोकेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा



काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । शिवपुरी ७ मा रहेको एक डाँडामा ठोक्किएर हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । काठमाडौंबाट स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको जनाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार एकजना नेपाली पाइलटसहित चारजना चिनियाँ नागरिक रहेको हेलिकोप्टर दुर्घटनामा परेको सूचना प्राप्त गरेको बताउँदै उद्धारका लागि टोली जाँदै गरेको बताए ।

कलसाइन नाइनएन एजेडी रहेको हेलिकोप्टरमा चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : १२ बजे