Logo

मुख्य समाचार

टीआरसीमा सहमतिसहितको प्रतिवेदन नयाँ सरकारको राम्रो सुरुवात होः अध्यक्ष दाहाल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन तयार हुनु नयाँ सरकारको राम्रो सुरुवात भएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री कार्यलयमा भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा प्रतिवेदन बुझाउने क्रममा उनले यसलाई एउटा राम्रो काम भन्ने ठानेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

उनले भने, ‘नयाँ सरकार गठन भएपछिको यसलाई मैले एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चहान्छु । यसलाई संसदको समिति र सदनमा पनि यसै पटक जाओस् र यसलाई टुङ्गाइयोस् र आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतीतिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चहाना छ र सरकारसँग यसको लागि आग्रह गर्न चहान्छु ।’

उनले लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय निष्कर्षमा पुगेको भन्दै खुसि पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ७१ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा कार्यदलले समझदारीका साथ एउटा प्रतिवेदन बुझाएको छ । लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय अहिले जुन मेहनतका कार्यदलले पीडितमैत्री बनाउँदै निष्कर्षमा लागिएको छ यो सबैको लागि खुसिको कुरा हो ।’

सोही क्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदन ल्याएकोमा कार्यदललाई धन्यवाद भन्दै सफलताको कामना गरेका छन् ।

उनले भने, ‘यो कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदनको लागि धन्यवाद दिन चहान्छु । त्यती मात्र होईन, नेपालले गरेको यो काम विश्वको लागि नै अनुकरणिय हुनेछ । यसलाई पूर्ण रुप दिन सक्यो भने नेपाललाई राम्रो हुने विश्वास लिएको छु । यसको सफलताको पनि कामना गर्छु ।’

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ४७ बजे